समस्यालाई चिर्दै नगरको विकासमा अगाडि बढेकाछौं: उप–प्रमुख सृजना बुर्लाकोटी
काठमाडौं, १३ बैशाख । तारकेश्वर नगरपालिकाकी उप–प्रमुख सृजना बुर्लाकोटीले नगरपालिकमा समस्याको चाङ्ग भएकोले त्यसलाई चिर्दै अगाडि बढिरहेको बताउनु भएकोछ ।
बुधबार बिहाना रेडियो आहा १०४.५ मेगाहजको बिहानी प्रस्तुती कार्यक्रम आहा स्थानीय सरोकार कार्यक्रममा बोल्नुहुँदै उप–प्रमुख बुर्लाकोटीले नगरपालिकामा समस्याको चाङ्ग भएको र त्यसलाई चिर्दै नमुना नगरपालिका बनाउने गरि काम गर्दै गएको बताउनुभएको हो ।
उहाँले लथालिङ्ग अवस्थामा रहेको पालिकालाई समाल्दै सबैको सहकार्यमा नगरपालिकाको प्राथमिकताको आधारमा काम गर्दै आएको बताउनुभयो । उहाँले नगरबासिको ठूलो समस्या खाने पानीको भएको जानकारी दिनुभयो । सबै टोलमा खाने पानीको पूर्ण व्यवस्था मिलाउने गरि तिब्ररुपमा काम भईरहेको छ, उहाँले भन्नुभयो, ‘पानीको मुहान र स्रोतको खोजी गरि भण्डारण गर्ने कार्यमा पालिका लागिरहेको छ । करिब एक वर्षसम्ममा हामी त्यस समस्याबाट पनि मुक्त हुन्छौं । सबैका लागि खाने पानीको व्यवस्था हुन्छ ।’
तारकेश्वर नगरपालिकालाई नमुना नगरपालिका बनाउने अभियान अन्तर्गत सामुदायीक विद्यालयलाई सुधार गर्दै गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्ने रणनीतिमा नगरपालिका लागेको बताउनुभयो । सामुदायीक विद्यालयलाई नमुना विद्यालय बनाउन सबै किसिमका रणनीति अनुसार अगाडि बढिरहेको बताउनुहुँदै आवश्यकताको आधारमा बजेटको व्यवस्थापन गरेको जानकारी दिनुभयो । विकासका गतिविधिलाई अगाडि बढाउन सबैको सहायोग र समन्वय आवश्यक पर्ने भएकाले संघ/प्रदेश र स्थानीय सरकारको सहकार्यमा पालिका अगाडि बढिरहेको बताउनुभयो । पालिकाको पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, साँस्कृतिकधरोहरको संरक्षणलगायत सबै किसिमका विकासको लागि नगरपालिका विस्तृत योजना अनुसार अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्