चितवन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी
काठमाडौं, १२ बैशाख। चितवन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ९रास्वपा० सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्