रवि लामिछानेले कटाए ५० हजार मत, गरे आफ्नै रेकर्ड ब्रेक

काठमाडौं , बैशाख १२ ।  चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम जारी रहेको छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको जित सुनिश्चित भएको छ । लामिछाने अहिले ४० हजार ९१४ मतान्तरले अगाडी रहेका छन् ।

पछिल्लो अपडेट अनुसार रवि लामिछानेले ५० हजार ७९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन् ।

चितवन- २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो । अहिलेसम्म ६२ हजार ८८० मत गणना गरिएको छ ।

यता उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् ।
जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्