संसदीय समितिमा तीन दलबीच भागबन्डा, एमालेलाई तीनवटा

काठमाडौं, बैशाख ११ । ठूला तीन दलबीच संघीय संसदअन्तर्गतका संसदीय समितिमा रहने सभापतिहरुको पनि भागबन्डा टुंगो लागेको छ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच उक्त सहमति भएको हो।

सहमतिअनुसार एमालेले राज्यका निर्देशक सिद्धान्त तथा अनुगमन समिति र सार्वजनिक लेखा समि सहित अर्कोको एक विषयगत समितिको सभापति पाउनेछ।

यस्तै काङ्ग्रेसले संसदीय सुनुवाइ समितिको सभापति लिने सहमति जुटेको छ।प्रतिनिधि सभामा १० वटा विषयगत समिति रहेका छन्।

तीन दलको सिंहदरबारमा बैठकले संवैधानिक परिषदसम्बन्धी विधेयक पनि सिधै संसदबाट पास गर्ने समझदारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्