शिर्ष नेताहरुसहित प्रमुख सचेतकहरुको बैठक सिंहदरबारमा
काठमाडौं, बैशाख ११ । संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक बसेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबारको बैठकमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेका छ्न् ।
त्यस्तै बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सभागी रहेका छन् ।
अहिले प्रधानन्यायाधीश नियुक्ति, संसदीय सुनुवाइ विशेष समिति तथा अन्य विषयगत समिति गठन नहुदा महत्वूर्ण कानुन बनाउनुपर्ने प्रक्रिया अवरुद्ध रहेको छ ।















प्रतिक्रिया दिनुहोस्