तनहुँ-१ : स्वर्णिमकाे फराकिलाे अग्रता कायमै

काठमाडौं, बैशाख ११ । तनहुँ-१ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ।

ताजा मतपरिणामअनुसार १७ हजार ७७ मत गन्दा वाग्लेले ९ हजार ४८३ मत प्राप्त गरेका छन्।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार ४७२ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ५६० मत ल्याएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ ११ वटा वडाको मतगणना भइसकेको छ।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

मतगणना जारी नै छ।

प्रतिक्रिया दिनुहोस्