पाँच दिनभित्र उपनिर्वाचनको परिणाम आउँछ : आयोग

काठमाडौं, बैशाख १० ।  निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ ।

आज (आइतबार) भएको उपनिर्वाचनअन्तर्गत बारा २, तनहुँ १ र चितवन २ मा मतदान जारी छ । आयोगले कुनै कारणवश ढिलाइ नभएको अवस्थामा १५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा सार्वजनिक गर्ने बताएको छ ।

‘कुनै कारणवश बाहेक चार–पाँच दिनभित्र तीनै क्षेत्रको नतिजा आउने आयोगको आंकलन छ । निर्वाचन क्षेत्रअनुसारका भौगोलिक विशेषता छन् । अरू कुनै कारणले मतदान स्थगित भएन भने आइतबारबाटै सबै क्षेत्रको मतगणना सुरु हुन्छ,’ वाग्लेले भने ।

 

प्रतिक्रिया दिनुहोस्