देशलाई नयाँ आशा दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउँछौं:  प्रधानमन्त्री

काठमाडौं , बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा ९एकीकृत समाजवादी० पार्टीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले अहिले आफूहरु सरकारको नीति, कार्यक्रम र बजेट निर्माणको छलफलमा घनिभूत ढंगले लागि परेको उल्लेख गर्नुभएको हो । उहाँले त्यसले देश र जनतालाई नयाँ आशा र भरोसा दिने उहाँले दावी समेत गर्नुभयो ।

उहाँले आफूले छिट्टै भारत भ्रमण गर्ने भएकाले त्यसको राम्रो तयारी पनि गरिरहेको बताउनुभयो । देश र जनताको हितमा काम गर्न लागि देशभक्त र क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर जानुको विकल्प नरहेको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो । ‘प्रचण्ड’ ले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरेर नेकपा बनाउने अभियान सुरु हुने बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीले नेकपाको ७५औं स्थापना दिवसको अवसरमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलन उपलब्धि चुनौती र सम्भावना विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री समेत रहेका प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर फेरि पनि कम्युनिस्ट आन्दोलनलाई सही विचार र नीतिका आधारमा एकताबद्ध गर्ने कुरा जारी राख्नुपर्ने त्यसतर्फ काम भइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्