सकारात्मक प्रतिक्रिया पाइरहेको छु : कांग्रेस उम्मेदवार श्रेष्ठ
काठमाडौं, बैशाख १० । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्। मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनले बताए।
पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट प्रतिक्रिया पाउँदा उत्साहित बनेको बताए।
११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले बताए।
नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन्। उनको प्रतिस्पर्धा रास्वपाका पार्टी सभापति रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपानेसँग भइरहेको छ।





















प्रतिक्रिया दिनुहोस्