उपनिर्वाचन अपडेट : तीन क्षेत्रमध्ये चितवन–२ मा सबैभन्दा धेरै मत खस्यो

काठमाडौं, बैशाख १० ।   उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ ।

सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए ।उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ।

सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । जहाँ एक लाख २४ हजार छ सय९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

यसैगरी तनहुँ १ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेकोजिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकाल रातोपाटीलाई जानकारी दिए ।

निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताएका छन् । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्