ओमानविरुद्ध नेपाल ८४ रनले विजयी

काठमाडौं, बैशाख ८ । एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ८४ रनले विजयी भएको छ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमान अन्तिम विकेट खेल्नुअगाडि नै पराजित भएको हो।

४६.३ ओभरको खेल सकिँदा ओमान ९ विकेट गुमाएको ओमानका अकिब इलियास रिटायर्ड आउट भएपछि नेपाल विजयी भएको हो।

उनी रिटायर्ड आउट हुनुअघि ओमान ९ विकेटको क्षतिमा २२६ रनको अवस्थामा पुगेको थियो।

२१ बल बाँकी रहेको अवस्थामा ओमानका अकिबले खेल्न नसक्ने बताएसँगै नेपालले जित निकालेको हो।

प्रतिक्रिया दिनुहोस्