महानगरलाई सर्वोच्चको आदेश– सिंहदरबारको फोहोर तत्काल उठाउनू
काठमाडौं , बैशाख ८ । सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन काठमाडौं महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।सर्वोच्चले महानगरलाई तीनदिनभित्र फोहोर उठाउन भनेको छ ।
शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको तत्काल उठाउन भनेको हो ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सर्वोच्चमा रिद दर्ता गरेका थिए।
श्रेष्ठले रिटमा महानगरको निर्णयले नागरिकको स्वच्छ वातारणमा बाँच्न पाउने अधिकार हनन् भएको दाबी गरेका थिए ।
यता मेयर बालेन शाहको निर्देशनपछि सिंदरबाभित्रबाट फोहोर उठ्न सकेको छैन ।

















प्रतिक्रिया दिनुहोस्