स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड
काठमाडौं, बैशाख ८ । तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ ।
तनहुँको व्यास नगरपालिका-३ स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणकाअनुसार कारको बायाँ भागको सिसा फुटाइएको छ । गाडी तोडफोड भएबारे शुक्रबार बिहान सवा ६ बजे मात्रै प्रहरीले सूचना पाएको थियो ।
घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरि संलग्नलाई अनुसन्धान गर्ने र संलग्नलाई कारबाहीको दायरामा ल्याइने डिएसपी खाँणले बताए । स्वर्णिमका बाबु गएराती सोही होटमा बसेका थिए ।














प्रतिक्रिया दिनुहोस्