बारामा प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता- नागरिकताको दीर्घकालीन समाधान खोज्छौं

काठमाडौं, बैशाख ७ ।  प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा-२ का उम्मेदवार उपेन्द्र यादवलाई भोट माग्दै बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिकता समस्या मधेको मात्र समस्या नभएको बताउदै यसको दिर्घकालिन समाधान खोज्ने बताएका छन् ।

उनले भने- ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ, नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ ।’

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्