एसीसी प्रिमियर कप :युएईले कुवेतलाई १४३ रनले हरायो

काठमाडौं, बैशाख ६ ।  एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएईले कुवेतलाई १४३ रनले हराउँदै विजयी शुरुवात गरेको छ।

किर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिलो व्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनायो ।

जवाफमा कुवेत ३६ दशमलब ३ ओभरमा २ सय २८ रन बनाउदै अलआउट भयो र खेल १४३ रनले हार्न पुग्यो ।

कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए । प्रविन्दर कुमारले २६ बलमा ५३ रनको सानदार अर्धशतकीय ईनिङ खेले । कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए । युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३/३ तथा जाहोर खान,रोहन मुस्ताफा,सचित शर्मा र आयान खानले समान १/१ विकेट लिए ।

युएईका लागि वृत्य अरविन्द र रोहन मुस्ताफाले अविजित शतकीय ईनिङ खेले । अरबिन्दले १ सय ४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १ सय ८५ रन बनाए । मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्का १ सय १८ रन बनाए । आसिफ खानले ८ बलमा ३० रन बनाए । कुवेतका लागि प्रविन्दर कुमार र शाहरुख कुदरुसले समान २र२ तथा सयद मनिब,यासिन पटेलले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्