एसिसी प्रिमियर कप : मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं , बैशाख ५ । एसिसी प्रिमियर लिगमा नेपालले विजयी शुरुवात गरेको छ।आज काठमाडौको कीर्तिपुरस्थित क्रिकेट मैदान भएको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।

जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर विजयी लक्ष्य सहज रुपमा पुरा गर्यो ।

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ ।

प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्