बैंकमा भएको ५५ अर्ब रकमलाई उद्योगमा परिचालन गरौँ : देवेन्द्र पौडेल
काठमाडौं , बैशाख ५ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ अर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरुमा परिचालन गर्नुपर्ने बताए ।
उनले अप्ठ्यारोमा परेका उद्योगहरुमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे । त्यस्तै उनले देशमा ४० लाख खोप प्रयोगविहीन अवस्थामा रहेको भन्दै प्रयोगविहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताए ।
सांसद पौडेलले यस वर्ष विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसै गरी अस्पतालहरूमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए । उनले किसानले समयमै मल पाउनुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्