प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ संभावित कार्यसूची
काठमाडौं, बैशाख ५ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।















प्रतिक्रिया दिनुहोस्