लोकतान्त्रिक गठबन्धनसँग सिटको तालमेल सम्भावना छैनः अध्यक्ष यादव

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छामा आफू नरहेको बताएका छन् ।

आज बिहान सञ्चारकर्मीसँग विराटनगर विमानस्थलमा बोल्दै लोकतान्त्रिक गठबन्धनसँग सिटको तालमेल सम्भावना नरहेको बताए । आपसी समझदारीमा लोकतान्त्रिक गठबन्धनसँग सिटको तालमेल हुन सक्ने समेत प्रस्ट पारे ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्रिमण्डलको विस्तार गरिनु गलत भएको भन्दै उनले “नेकपा (माओवादी केन्द्र) सत्तामा बसेर प्रतिपक्षसँग गठबन्धन गर्नु नैतिकताले दिँदैन ।”

आफ्नो दलले मधेशको दुई तिहाइ सिटमा जित हासिल गर्ने दाबी गर्दै प्रदेश नं २ मा सरकार बनाउने दाबी गरे ।

अध्यक्ष यादवले आपूm मोरङ वा अन्य कुन जिल्लाबाट चुनावमा उठ्ने विषयमा निर्णय नगरेको र केही दिनमै सो निर्णय गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्