राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौं, बैशाख ३ ।  राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।

सागर आचार्यले राष्ट्रपतिले सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको जनकारी दिए ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी व्यवस्था छ ।

जसअनुसार अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को चैत २८ मा सिफारिस गरेपछि मन्त्रिपरिषद्को सोही दिनको बैठकले आवश्यक निर्णय गरेको थियो ।

त्यसको दुई दिनपछि अर्थात चैत ३० गते प्रधानमन्त्री प्रचण्डले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको आचार्यले बताए ।उपनिर्वाचन वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्