आर्थिक रूपमा नेपाल श्रीलंका र पाकिस्तान जस्तो हुँदैन: नेता कोइराला
काठमाडौं, बैशाख ३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल आर्थिक रूपमा श्रीलंका र पाकिस्तान जस्तो नहुने दावी गरेका छन् ।
आइतबार कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले श्रीलंका र पाकिस्तानसँग नेपालको तुलना गर्न नहुने उल्लेख गरे ।
नेपालमा अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा रहेकोले आत्ति हाल्नु पर्ने अवस्था नरहेको उनको भनाइ थियो । नेपालको अर्थतन्त्रमा भने सुधार गर्नु जरुरी भएको नेता कोइरालाले बताए ।
निर्वाचनमा भएका तिक्तता बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई नेता कोइरालाले आग्रह गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने र कांग्रेसलाई एक ढिक्का बनाउनु पर्नेमाउनले जोड दिए ।















प्रतिक्रिया दिनुहोस्