परराष्ट्रमन्त्री साउदले लिए शपथ

काठमाडौं, बैशाख ३ । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन् ।

कञ्चनपुर क्षेत्र नं। २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्