राष्ट्रपतिद्वारा विभिन्न व्यक्तिलाई विभूषण प्रदान (तस्वीरहरु)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको अवसरमा शुक्रबार विभिन्न व्यक्तित्वलाई मानपदवी, अलंकार र पदक प्रदान गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले ती व्यक्तिहरुलाई विभूषण प्रदान गरेका हुन् । राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, महानायक राजेश हमाल, अभिनेता दीपकराज गिरी, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, अभिनेता मदनकृष्ण श्रेष्ठसहितलाई विभुषण प्रदान गरेका हुन् ।
विभूषण वितरण हुँदा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।
राष्ट्रपति पौडेलले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल र नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गरे । दीपकराज गिरी, शम्भु राई (कुथुमी), प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री (सूर्यकुमार खाती), दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा, विराज भट्ट (भोजराज भट्ट), दयाहाङ राई र सत्यकला राईले सुप्रबल जनसेवाश्री प्राप्त गरे ।
मिलन मोक्तान, धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा र निर्मल शर्माले प्रबल जनसेवाश्री पदक ग्रहण गरे । सुनिता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, कुलमान नेपाली, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार (यशकुमार), सानुकान्छा शाहीले जनसेवाश्री प्राप्त गरे ।
प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, नवीन पौडेल र किरण गजमेरले नेपाल सेवा प्रवीण प्राप्त गरे । सरकारले गत असोज ३ गते विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक गरेको थियो ।
तस्वीर : प्रधानमन्त्रीको सचिवालय
![madankrishna shrestha medal by government zc5Gr4Y3B4](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/madankrishna-shrestha-medal-by-government_zc5Gr4Y3B4.jpg?resize=720%2C480&quality=100&strip=all&ssl=1)
![Bivusan 1](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/Bivusan-1.jpg?resize=720%2C447&quality=100&strip=all&ssl=1)
![Bivusan 2](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/Bivusan-2.jpg?resize=720%2C453&quality=100&strip=all&ssl=1)
![Bivusan 3](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/Bivusan-3.jpg?resize=720%2C437&quality=100&strip=all&ssl=1)
![Bivusan 5](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/Bivusan-5.jpg?resize=720%2C465&quality=100&strip=all&ssl=1)
![ananda karki medal QdgRyH8iiv](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/ananda-karki-medal_QdgRyH8iiv.jpg?resize=720%2C480&quality=100&strip=all&ssl=1)
![deepakraj giri medal 114gWcEDxs](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/deepakraj-giri-medal_114gWcEDxs.jpg?resize=720%2C477&quality=100&strip=all&ssl=1)
![medal by government 1 EEUZlz5v6C](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/medal-by-government-1_EEUZlz5v6C.jpg?resize=720%2C480&quality=100&strip=all&ssl=1)
![medal by government f7PvIb0Nhj](https://i0.wp.com/s3.nayapage.com/uploads/2023/04/medal-by-government_f7PvIb0Nhj.jpg?resize=720%2C480&quality=100&strip=all&ssl=1)
प्रतिक्रिया दिनुहोस्