जनकपुर-जयनगर रेलसेवा अब दिनको चार पटक
काठमाडौं वैशाख १ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म शुक्रबारदेखि दिनको चार पटक रेल आवतजावत हुने भएको छ।
हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चार पटक आवतजावत गर्दै सेवा विस्तार गरेको हो।
यसअघि दुई पटक मात्र आवत–जावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै शुक्रबारदेखि चारपटक आवत–जावत गर्नेगरी सञ्चालनमा आउने भएको हो।
अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ। यो सेवा विस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने अपेक्षा गरिएको छ।
यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतीय बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो।















प्रतिक्रिया दिनुहोस्