धनगढीमा वृद्धको पेटमा बोतल भेटियो

काठमाडौं, चैत ३० । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।

धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।

उनकाअनुसार केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोटल भेटिएको थियो । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका चिकित्सकले शल्यक्रिया गरी उनको पेटबाट बोतल निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्