महासङ्घको चुनाव दोस्रो चरणमा: अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच पुनः भिडन्त हुने

काठमाडौं, चैत ३० नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुन: मतदान गर्नुपरेको हो।

पहिलो चरणको चुनावबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाई बाहिरिएका छन्।अब दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो चरणको मतदानमा सबैभन्दा बढी अञ्जनले ३७ प्रतिशत, उमेशलालले ३१ प्रतिशत र संघाईले ३० प्रतिशत मत ल्याए।दोस्रो चरणको मतदान पनि आजै प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्