नयाँ वर्ष मनाउन एकैपटक १८१ चिनियाँ पर्यटक नेपाल आए

काठमाडौं, चैत ३० । नयाँ वर्ष मनाउन लागि चिनियाँ पर्यटकको टोली नेपाल आएको छ । टोली बिहीबार बिहान नेपाल आइपुगेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चिनियाँ पर्यटकलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। १८१ जना चिनियाँ पर्यटक जहाज चार्टड गरेर काठमाडौँ आइपुगेका हुन्।

नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरिएको पर्यटन मन्त्रीले उल्लेख गरेका छन् ।

कोभिड माहामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब आउन थालेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्