‘ए’ डिभिजन लिग :  आज दुई खेल हुँदै

काठमाडौं, चैत ३० ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेलहरु हुने भएका छन् ।

लिगको आठौं चरण अन्तर्गत बिहीबार अन्तिम दुई खेल हुने भएका हुन् । जसमा एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुने भएकाे छ । बिहीबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा हुने भएकाे छ ।

दुई टोलीबीचको खेल बिहीबार दिउँसो २ बजे सुरु हुने भएकाे छ । पुलिस बिहीबार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा रहेकाे छ । थ्री स्टार चौंथो जितको योजनामा रहेकाे छ । थ्री स्टार ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाईज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ । चर्च ब्वाईज र फ्रेन्ड्सबीचको खेल बिहीबार साँझ ५ः४५ बजे सुरु हुने भएकाे छ । चर्च ब्वाईज बिहीबार चौंथो जितको योजनामा हुनेछ । चर्च ब्वाईज ७ खेलमा १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्