नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता: प्रधानमन्त्री दाहाल
काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन्।
भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि।नं ६० अधिकृत क्याडेट तालिम र सि।नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाईयु आक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नव आयुक्तहरुलाई निर्देशन दिँदै उनले भने, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो।”
नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कने गरेको उनले चर्चा गरे।
प्रधानमन्त्री दाहालले यस्तो सङ्गठनको आयुक्त भई राष्ट्र सेवा गर्ने अवसर प्राप्त हुनु आफैँमा एक गौरवपूर्ण उपलब्धि भएको भन्दै यस गर्वको क्षणलाई आफ्नो सैनिक सेवाको अन्तिम घडीसम्म कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन नवआयुक्त अधिकृतहरुलाई निर्देशनसमेत दिएका छन्।
नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ भन्दै उनले यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, नेपाली सेनाको छविलाई थप उचाइमा पु¥याउने जिम्मेवारी पनि थपिएको उल्लेख गरे।
संसारभरि वीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो भन्दै उनले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाका रुपमा स्थापित गरेको बताए।
नेपालको इतिहासमा नेपाली सेनाले पुर्याउँदै आएको अटुट योगदानलाई सदैव स्मरण गर्दै आगामी दिनमा पनि यसबाट प्ररेणा लिँदै नवआयुक्तहरुले सक्दो योगदान दिनेमा विश्वास उनले व्यक्त गरेका छन्। संवैधानिक सरकारको मातहत र निर्देशनमा व्यावसायिक एवं मर्यादित सङ्गठनका रुपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले देशभित्र मात्रै नभई देशबाहिर समेत नेपाली शान्ति सेनाका रुपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरुमा शान्तिदूतका रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशका रुपमा चिनाउन सफल भएको बताए।















प्रतिक्रिया दिनुहोस्