छिटो प्रधानन्यायाधीश नियुक्ति गर्न नेपाल बारको माग
काठमाडौं, चैत २९ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिकामा छिटोभन्दा छिटो प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन माग गरेका छन्।
नेपाल बारले पत्रकार सम्मेलन गरी न्यायपालिकाको नेतृत्व नियुक्तिको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका हुन्।
नेपाल बारले भोलि (बिहिबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने उनले बताए। प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने संवैधानिक व्यवस्था छ।
प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिन प्रधानमन्त्री दाहाललाई भेट्ने बारका अध्यक्ष घिमिरेले बताए।
त्यसैगरी सर्वोच्च बारका अध्यक्ष हरिशंकर निरौलाले प्रधानन्यायाधीश नियुक्ति गर्न, पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको महाभियोग प्रक्रिया छिटोभन्दा छिटो टुंगो लगाउन माग गरेका छन्।
२०७८ साल फागुन १ देखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ।















प्रतिक्रिया दिनुहोस्