एमाले फेरि संसद् विघटनको दाउमा छ: अध्यक्ष नेपाल
काठमाडौं, चैत २९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको बताएका छन्।
बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले यस्तो बताएका हुन् । उनले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने पनि चेतावनी दिए । संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उनको भनाइ थियो।
एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएसम्म एकताको सम्भावना नरहेको बताए ।















प्रतिक्रिया दिनुहोस्