टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने शीर्ष नेताहरुबीच सहमति

काठमाडौं, चैत २८ ।  प्रमुख शीर्ष तीन दलका नेताहरुबीचमा सत्य निरूपण तथा मेलमिलाप आयोग(टीआरसी) लगायतका विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।

मंगलबार सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो सहमति गरेको हो। थप छलफलका लागि अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्ने गरी सहमति भएको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका थिए।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी रहेका थिए। आजको बैठक सभामुख घिमिरेको पहलमा बसेको हो।

प्रतिक्रिया दिनुहोस्