अमेरिकामा बैंक कर्मचारीले गोली चलाउँदा ५ जनाको मृत्यु

काठमाडौं, चैत २८ ।  अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिलमा रहेको एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए। उनले इन्स्टाग्राममा आक्रमणको लाइभसमेत गरेका थिए।

मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेर समूहका रहेका छन्। अन्य नौ जना घाइते भएका छन्। प्रहरीले तीन मिनेटभित्रै जवाफी कारबाही गर्दै आक्रमणकारीलाई गोली हानेर हत्या गरेको छ।

प्रतिक्रिया दिनुहोस्