सरकार र मिटर ब्याजपीडितबीच आज पनि वार्ता

काठमाडौं , फागुन २८ ।  न्याय माग्न काठमाडौं आएका मिटर ब्याजपीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज (मंगलबार) पनि वार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटर ब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो । सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भए पनि सहमति नभएपछि आज (मंगलबार) पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिएका छन् ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्