संघ र प्रदेशमा सांसदको संख्या घटाऔं : खिमलाल देवकोटा

काठमाडौं, चैत २७ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकाटाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

आज (सोमबार) राष्ट्रिय सभा बैठकमा बोल्दै देवकोटाले दुई सय ७५ जनाको प्रतिनिधि सभालाई एक सय ६५ र पाँच सय ५० जनाको प्रदेश सभालाई तीन सय ३० बनाउनुपर्ने बताएका हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।

उनले भने, ‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।’ सांसद देवकोटाले काठमाण्डौमा धेरै वटा निर्वाचन क्षेत्र भएको पनि बताए । उनले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्