मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

काठमाडौं, चैत २७ ।  सरकारी प्रतिनिधि र आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधिबीच सोमबार भएको वार्ता सकारात्मक भएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले सोमबार दोस्रो दिन पीडितहरुसँग गरेको वार्तामा दुवै पक्षले आआफ्ना धारणा राखेको पीडितहरुले बताएका छन् ।

त्यसक्रममा पीडितहरुले यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेश गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको पीडित पक्षका मृग नबिनले जानकारी दिए ।

उनका अनुसार वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको छ । उनले वार्ता संवाद जारी राख्दै निर्णायक चरणको आन्दोलन पनि गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्