कर्णाली सरकारबाट बाहिरियो एमाले

काठमाडौं, चैत २६ ।  कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पर्यटनवन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाइले राजीनामा दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्