एमालेको सरकार नभएसम्म देशको विकास हुँदैन र देश पनि बन्दैन : अध्यक्ष ओली

काठमाडौं, चैत २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म यो देशको विकास नहुने बताएका छन् ।

आइतबार धादिङमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलेमात्रै देश विकास गर्ने दावी गरेका हुन् ।

‘तसर्थ एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन’, अध्यक्ष ओलीको भनाइ छ ।उनले एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताए ।

उनले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताए ।

उनले मजबुत राष्ट्रियशक्ति बनाउन नै एमालेले मिसन ग्रासरुट अभियान थालेको भन्दै सचेत जनताको संगठित शक्ति एमाले जनताको घर आँगनमा पुगिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्