दुर्गा प्रसाईसँग पैसा मागेको अडियो बाहिरिएपछि रास्वपा सांसद श्रेष्ठ निलम्बित

काठमाडौं, चैत २६ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ घुस निलम्बित भएका छन् ।

मन्त्री बन्ने भए साढे दुई करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुनिन्छ । अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ । रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गरे ।

‘अडियो बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको छ’, बुर्लाकोटीले भने, ‘उहाँको निलम्बन भइसक्यो ।’

उनी समानुपातिक सांसद हुन् । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूले पनि सुनेको बताएका छन् । ‘अडियो सुनेका छौं । यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दैछ । यो विषयमा पार्टीको अनुशासन समितिलाई ७ दिनको समय दिएर छानबिन प्रतिवेदन तयार गर्ने जिम्मेवारी हुन्छ,’ उनले भने, ‘सांसद श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण सोधिँदैछ । कानुनी रूपमा पनि निर्णय गर्नुपर्छ । केन्द्रीय समितिले निर्णय नगरेसम्म उहाँलाई सांसद र पार्टी सदस्यका रूपमा काम गर्न रोक लगाउँछौं ।’

 

प्रतिक्रिया दिनुहोस्