रविको राहदानी विवाद: मुद्दा नचलाउने निर्णय बारे महान्यायाधिवक्ता पोखरेलले खोले मुख

काठमाडौं, चैत २४ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णयबारे मुख खोलेका छन् ।

आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा नगरेको बताए ।

उनले लामिछानेको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको दाबी गरे । महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्