प्रधानमन्त्रीमा आत्मविश्वास देखिएन, अलमलमा देख्छु- गगन थापा
काठमाडौं, चैत २४ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले प्रधानमन्त्रीको कामकारवाही हेर्दा आत्मविश्वास नभएको र अलमल भएको आफुले पाएको टिप्पणी गरेका छन् ।
महामन्त्री थापाले भने- ‘सरकार भनेको एक किसिमले प्रधानमन्त्री हो, न्युनतम साझा आएपछि यात्रा शुरु भयो, लक्ष्य प्रष्ट छ, यो लक्ष्यसम्म पुर्याउने जिम्मेवारी मेरो हो । जस भएपनि मेरो हो अपजस भएपनि मेरो हो भन्ने त्यो अठोट, दृढता र आत्मविश्वास प्रधानमन्त्रीमा हुनुपर्छ । तर कताकता मैले प्रधानमन्त्रीको काम कारवाही हेर्दा त्यो आत्मविश्वास नभएको बढी अलमल भएको पाएको छु ।’
उनले प्रधानमन्त्रीले चुस्त टिम बनाएर काम गर्नुपर्नेमा जोड दिदै प्रधानमन्त्रीको सरकारी टिम हेर्दा सजाय दिएर राखिएका व्यक्तिहरु रहेको देखिएको बताए ।
उनले प्रधानमन्त्रीले गठबन्धनको बैठक महिनामा एक पटक बसे हुने भन्दै पार्टीको अध्यक्ष विर्सेर काम गर्नुपर्ने बताए ।
जनतामा आमरुपमा निराशा रहेको भन्दै महामन्त्री थापाले जनतालाई आशा जगाउने किसिमले काम गर्न सुझाव दिएका थिए । उनले हालै सार्बजनिक भएको साझा न्युनतम कार्यक्रमलाई कार्यान्वयन गर्न जोड दिदै परिणाममुखी काम गर्न आग्रह गरे ।















प्रतिक्रिया दिनुहोस्