एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी लज्जास्पद- डा. बाबुराम भट्टराई
काठमाडौं, चैत २४ । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएएपछि यसको आलोचना भएको छ ।
यसैबीच डा. भट्टराईले सामाजिक संजालमा टिप्पणी गर्दै एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुननसक्ने बताएका छन् ।
उनले भनेका छन्- एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुनसक्दैन । जन्म दिने आमा भन्दा ठूलो पहिचान/प्रमाण अरू केही हुन्छ र ?अनि आमाको वा आमाले राखेको थर किन नभन्ने? बरू थर नै किन चाहिन्छ र ?















प्रतिक्रिया दिनुहोस्