कोशी आन्दोलनमा मृत्यु भएका लिम्बुलाई सरकारले गर्यो शहीद घोषणा

काठमाडौं, चैत २४ । सरकारले प्रदेश १ को नाम कोशी राखिएको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहिद घोषणा गरी परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

चैत ५ गते आन्दोलनको क्रममा घाइते भएका लिम्बुको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्