प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, चैत २४ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
सचिवालयले सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको जनाएको छ ।
















प्रतिक्रिया दिनुहोस्