साझा कार्यक्रम राष्ट्रिय सहमति भएको प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं,२३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनमत साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् ।
बिहीबार सार्वजनिक सरकारको न्यूनमत साझा कार्यक्रमलाईै सम्बेधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिकै भएको दाबी गरेका हुन् ।

सत्तारढ गठबन्धनमा आवद्ध १० दलले १३ पृष्ठ लामो न्यूनमत साझा कार्यक्रम सार्वजनिक गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बनेको र अघिल्लो गठबन्धनले बनाएको न्यूनमत साझा कार्यक्रमका राम्रा विषयलाई विकसित र परिर्माजित गरेर यो पटक ल्याएको बताए । उनले अघि भने, ‘यो राष्ट्रिय सहमतिको साझा न्यूनमत कार्यक्रम हो ।’

प्रतिक्रिया दिनुहोस्