बन्यो कार्यव्यवस्था परामर्श समिति, को-को छन् सदस्य?

काठमाडौं, चैत २३ ।  प्रतिनिधि सभाको कार्यसूची निर्धारण गर्नेजस्ता कामका लागि कार्यव्यवस्था परामर्श समिति बनेको छ। बुधबार २० सदस्य कार्यव्यवस्था समिति गठन भएको हो।

समितिमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पनि रहने व्यवस्था छ। त्यसबाहेक दलका सांसदहरू २१ जना रहने गरी समिति बनेको हो।

समितिमा सांसदहरू अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिन यादव, पदम गिरी र प्रदीप यादव छन्।

यस्तै महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रूपा सोशी, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाई, हितराज पाण्डे र ज्ञानबहादुर शाही छन्।

यसअघि समितिमा कुन दललाई कति सांसद संख्या दिने भन्ने निर्धारण गरिएको थियो।

कांग्रेसका ६ जना, एमालेका ५ जना र माओवादीका २ जना सांसद सदस्यको संख्या तोकिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक-एक जना सदस्य रहन पाउने व्यवस्था गरिएको थियो।

यस्तै एक सिट भएका पार्टी र स्वतन्त्र समेतले एक जना सदस्य हुन पाउने भए पनि त्‍यसबारे उल्लेख छैन।

प्रतिक्रिया दिनुहोस्