रविविरुद्धको राहदानी मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं, चैत २२ ।  रवि लामिछानेलाई राहदानी मुद्दामा कारबाही गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो।

रविलाई राहदानी मुद्दा नचलाउने निर्णय महान्यायाधिवक्ताले गरेपछि त्यसविरुद्ध रिट परेको थियो।

झुठा विवरण दिई राहदानी लिएको स्थापित तथ्य हुँदाहुँदै महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको भन्दै उक्त निर्णयविरूद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्