सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं, चैत २२ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो ।सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासको १२औँ नम्बरमा परेको थियो ।

यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो ।

तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्