रविविरुद्ध परेका उजुरी खारेज, चितवन २ मा उम्मेदवारी कायमै

काठमाडौं, चैत २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध परेका उजुरी खारेज भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि दाबी नपुगेको भन्दै उजुरी खारेज गरिदिएको हो। उजुरी खारेज भएपछि उनको उम्मेदवारी कायम भएको छ।

वैशाख १० गते हुन लागेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिएका लामिछानेविरुद्ध राष्ट्रिय जनमोर्चा, युवराज सफल, सन्तोष थापा र शिवहरि सुवेदीले उजुरी दिएका थिए।

लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन–२ मा उमेदवारी दर्ता गरेकोले उनको उम्मेदवारी खारेजीको माग गर्दै दाबी विरोध र उजुरी परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्