गगन थापा भन्छन्- प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला जस्तो गरी काम गर्नु पर्यो

काठमाडौं, चैत २२ ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तीन चार महिना प्रधानमन्त्री र मन्त्रीको अनुहार मिडियामा देख्न नपरोस भन्ने आफुलाई लागेको बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिलेको अवस्था एक किसिमको युद्धको अवस्था जस्तो भएकोले काम गरेर देखाउनुपर्ने बेलामा सार्बजनिक कार्यक्रममा कसरी समय पाएर आएको होला जस्तो आफुलाई लाग्ने गरेको बताए ।

उनले भने- ‘ मलाई त अहिले प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो की रिस उठ्छ त भन्दिन तर नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनु भयो भन्ने लाग्छ । तीन महिना कहिँ कोहि नदेखिएर काम गरे हुन्थ्यो जस्तो लाग्छ । हामी फुर्सदमा छौं हामी जाउला नी । युद्धको बेला जस्तो वार रुम बनाएर काम गर्ने बेला हो यो ।’

उनले सत्ता साझेदार दल बाहेक प्रतिपक्षी दलसँग पनि छलफल गरेर समझदारी गर्नुपर्ने बताए । स्थानीय तहमा एमालेको पनि सरकार रहेको बताउदै थापाले एमालेसँग सहकार्य गर्न आवश्यक रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्